खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा  | Khabarhub Khabarhub

खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, नेपाल कृषि प्रधान देश हो । शायद यही भएर होला, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सम्बन्धी फारमको तेस्रो नम्बर बुँदामा ‘कृषि तथा पशुधन’ सम्बन्धी विवरण भर्नुपर्ने प्रावधान राखिएको छ । 

मंगलबार सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणमा हामीले कुन मन्त्रीसँग के-के पशुधन रहेछ भनेर हेर्‍यौं । फारममा ‘कृषि तथा पशुधन’ को प्रावधान रहे पनि एकजना बाहेक सबै मन्त्रीसँग एउटा पनि पशुधन नरहेको पाइयो । स्वयं कृषिमन्त्री ज्वालाकुमारी साहसँग पनि पशुधन छैन । 

सबैभन्दा बढी पशुपालन गर्ने मन्त्री रहेछन् खानेपानी मन्त्री राजेन्द्रकुमार राई । धनकुटाबाट निर्वाचित सांसद राईले ७ वटा गाई र ३० वटा बाख्रा पालेका रहेछन् । 

मन्त्री राईको बैंकखातामा एक पैसा नरहे पनि तिर्नुपर्ने ऋणचाहिँ ५५ लाख रुपैयाँ छ । उनले पाख्रिबासका रामकुमार राईलाई २० लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकलाई २५ लाख रुपैयाँ तिर्नुपर्ने सम्पत्ति विवरणमा उल्लेख छ । 

मन्त्रीहरूसँग पशुधन नरहे पनि सुनचाँदी चाहिँ प्राय सबै मन्त्रीसँग पाइएको छ । गृहमन्त्री रवि लामिछानेको परिवारसँग ८० तोला सुन रहेछ भने मन्त्री भगवती चौधरीसँग ८५ तोला सुन रहेको पाइएको छ । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग ४३ तोला सुन रहेछ भने शहरी विकासमन्त्री धनबहादुर बूढासँग १५० तोला सुन रहेको पाइएको छ । 

त्यसैगरी विभिन्न बैंक र कम्पनीहरूमा सेयर खरीद गर्ने कार्यमा पनि मन्त्रीहरू अग्रपङ्क्तिमा देखिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ५१ बजे

काठमाडौंका आठ स्थानमा छठ मनाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा

पोखरामा कुटपिटबाट एकको मृत्यु

कास्की– पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९

सरकारलाई नैनसिंह महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह