सुरक्षण मुद्रण प्रकरण : विकलसहित चार जना दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना « Khabarhub

सुरक्षण मुद्रण प्रकरण : विकलसहित चार जना दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पौडेलसहित चार जनालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो असुल गर्नुपर्ने फैसला सुनाएको हो । अदालतले बिगो बराबर नै जरिवाना हुने फेसला गरेकाे छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा अख्तियारले गतवर्ष पौडेलसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी थियो ।

यो प्रकरणमा दोषी ठहर हुनेहरुमा कानिकलतर्फका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका भुवन महर्जन र इन्जिनियरिङ मार्केटिङ कन्सर्न कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान रहेका छ ।

विशेष अदालतले उनीहरुलाई ६ महिना कैद सजायको फैसला गरेको छ । यस प्रकरणमा अन्य पाँच जनाले भने सफाइ पाएका छन्।

सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका थियो ।

उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूको मिलेमतोमा कानुन विपरीत कार्यगरी सरकारको सम्पत्ति हानी–नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ९ : ४४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड