काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत लिङ्देनले जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहिया माथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुनेनैछ। तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ। कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यसप्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो।’
याे पनि…
- सिरोहिया पक्राउ बारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास
- कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न
प्रतिक्रिया