आज २०८१ साल असार ७ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल असार ७ गते शुक्रबारको राशिफल


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ७ गते शुक्रबार तदनुसार सन् २०२४ जुन २१ तारिख। जेठ शुक्ल पक्षको चतुर्दशी तिथि। पूर्णिमा व्रत, विश्व योग दिवस, संगीत दिवस । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आँखामा समस्या हुनसक्छ। सुख्खा आँखाले सूर्यको दर्शन नगर्नु राम्रो हुन्छ। व्यापारमा नाफा हुनेछ। स्वास्थ्यमा गरेको लगानी उत्साहजनक रहनेछ। शिक्षामा क्षेत्रमा काम गर्ने जाँगर बढ्नेछ। परिवारको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

वृष : समस्याको समाधान खोज्नु आवश्यक हुन्छ। साथीले तपाईंसँग अपेक्षा गर्छन्। गुण र दोषको आधारमा सहयोग गर्नेछन्। नयाँ ठाउँको यात्राले मनमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दोहोरो कुरा गर्ने बानीले समस्या पर्नसक्छ। श्रमको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विदेशमा गरेको लगानीको सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ। ठग सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कट : मन अशान्त हुँदा आफन्त सशंकित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा अपमानित भएको महसुस हुनसक्छ। ठुलो उद्योग र लगानीमा हात नलगाउनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

सिंह : समय रमाइलो छ। रोकिएको कामको अवरोध खुला हुनेछ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। आफू शान्त भए परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन्।

कन्या : नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ। प्रतिस्पर्धी कमजोर बनेका छन्। देशमा कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। आफन्तले सहयोग गर्दा दिन रमाइलोसँग बित्नेछ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

तुला : दाजुभाइको साथ र सहयोगमा काम बन्नेछ। तपाईंको लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट उत्साह थपिने छ। समाजसेवामा बढी समय दिनाले परिवारमा विवाद हुने जोखिम देखिन्छ। घरको लागि समय छुट्याउनु आवश्यक देखिन्छ।

वृश्चिक : तपाईंको लगानी र श्रमबाट अरुले अवसर लिने जोखिम रहेको छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारबाट रचनात्मक साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बोलीको प्रभावले राम्रो काममा ठुलो साथ प्राप्त हुनेछ। आफन्त भन्दा अपरिचित व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। शिक्षको क्षेत्रमा गरेको लगानीले फाइदा र उत्साह बढाउने छ।

मकर : सञ्चित धन खर्च हुने योग छ। आम्दानी भन्दा खर्च बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा आफ्न्तबाट झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानीका क्षेत्र बढाउनु भन्दा पनि भएको संरक्षण गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भ : झुटा आरोपको सामना गर्नुपर्नेछ। शान्त बन्नु उचित हुन्छ। समस्याका पछाडि नलाग्नु राम्रो हुन्छ। जन्मकुण्डली हेरे समस्याको समाधान खोज्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : समय राम्रो छ। समस्यालाई अवसर मानेर अगाडि बढ्नु राम्रो हुन्छ। जिम्मेवारी थपिदै जाने देखिन्छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अपरिचित ठाउँ र व्यक्तिले सहयोग गर्ने योग छ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ०४ बजे

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

गोरखा– नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा