शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा « Khabarhub

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाले जारी गरेको ताजा मौसमी बुलेटिन अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ।

यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा भइरहेको छ भने देशका बाँकी अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा जारी रहेको महाशाखाले जनाएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह तीव्र रूपमा बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले जल तथा मौसम विज्ञान विभागले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष पूर्वसतर्कता अपनाउन अपिल गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले बाढी तथा डुबान सम्बन्धी जानकारीका लागि महशुल नलाग्ने फोन नम्बर ११५५ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १२३४ मा सम्पर्क गरी पूर्वसूचना प्राप्त गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : २२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि