प्लास्टिकजन्य प्रदूषणविरुद्ध लड्न १२ विद्यालयले वेस्ट स्मार्ट क्लब स्थापना गर्ने  « Khabarhub

प्लास्टिकजन्य प्रदूषणविरुद्ध लड्न १२ विद्यालयले वेस्ट स्मार्ट क्लब स्थापना गर्ने 


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिएशनसँगको सहकार्यमा १२ विद्यालयले आज आफ्ना विद्यालयमा वेस्ट स्मार्ट क्लब (डब्लुएससी) स्थापना गर्न लागेका छन् । बागमती र मधेश प्रदेशका ६ स्थानीय तहका १२ विद्यालयहरूले वेस्ट स्मार्ट क्लब स्थापना गर्न लागिएको हो ।

वेस्ट स्मार्ट क्लबका लागि छनौट भएका विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजना (नेपालका नदीहरूमा प्लास्टिक चुहावट रोक्न साझा दृष्टिकोण) अन्तर्गत दुई दिवसीय अन्तरक्रियात्मक प्रशिक्षण र कार्यशाला आज काठमाडौंमा सम्पन्न भएको छ ।

सहभागीहरूलाई वेस्ट स्मार्ट क्लब इनिसिएटिभको महत्व र यसले कसरी फोहोर व्यवस्थापन र तल्लो तहमा प्लास्टिक प्रदूषण नियन्त्रणका लागि उचित मार्गदर्शनका साथ युवाहरूको सोचलाई रूपान्तरण गर्न निर्णायक भूमिका खेल्न सक्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

ललितपुर महानगरपालिका, भरतपुर उपमहानगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका, बर्दिवास नगरपालिका र गोलान्जोर गाँउपालिकाका दश विद्यालयबाट आठ शिक्षक र दुई जना शिक्षिका गरी जम्मा दश जना, प्रत्येक विद्यालयबाट २–२ जना विद्यार्थीहरु गरी जम्मा २० जनालाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनबारे प्रशिक्षण दिइएको परियोजनाका लिड उज्ज्वल उपाध्यायले बताए ।

सहभागीहरूले आ-आफ्नो समुदाय र विद्यालयमा गएर अन्य विद्यार्थीहरूलाई सिकेका ज्ञानलार्य साझा गर्दै प्लास्टिकजन्य फोहोरमैला विरुद्ध अभियान र जनचेतना फैलाउने काम गर्ने परियोजना लिड उपाध्यायले विश्वास व्यक्त गरे ।

प्रशिक्षणमा सहभागी भएका एक शिक्षकहरूले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि आ आफ्नो विद्यालयमा ज्ञान सिकाउन र विस्तार गर्न कार्यशाला निकै फलदायी साबित हुने बताए ।

प्रत्येक विद्यालयमा कक्षा ५ देखि ९ सम्मका ११ जना बालबालिका प्लास्टिक प्रदूषण सम्बन्धी सामुदायिक चेतना अभिवृद्धि गर्न आयोजनाको आवश्यकता अनुसार सात नगरपालिकाबाट १२ वटा विद्यालय छनोट गरी डब्लुएससी स्थापना गरिने प्रोजेक्ट क्यापका प्रमुख उज्ज्वल उपाध्यायले जानकारी दिए ।

क्रिएसन नेपालले परियोजना अन्तर्गत छनौट भएका प्रत्येक विद्यालयहरूमा वेस्ट स्मार्ट क्लबहरू स्थापना गर्नका लागि एक लाख पाँच हजारको बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ ।

क्रिएशनको एक बेसलाइन प्रतिवेदनअनुसार नेपालमा निजी तथा सरकारी शैक्षिक संस्थाहरूबाट वार्षिक २१.४ प्रतिशत प्लास्टिकजन्य फोहोरमैला उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : १० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण