११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात « Khabarhub

११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो ।

त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।

विदेशी मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एसपीजी ग्यास छन् । ११ महिनामा सबैभन्दा बढी १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

त्यस्तै यस अवधिमा ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ । त्यस्तै ५१ अर्ब ७ करोड २६ लाख बराबरको एसपीजी ग्याँस आयात भएको विभागले जनाएको छ ।

त्यस्तै मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैँचा, अलैँची,फलाम तथा स्टिल रहेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ भने ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । त्यस्तै ६ अर्ब १६ करोड ६० लाख बराबरको स्टिल निर्यात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : ५२ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका