माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा टेलिकमको फोरजी सेवा « Khabarhub

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा टेलिकमको फोरजी सेवा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले  माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको 2G मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि 4G सेवा सञ्चालनमा ल्याईएको छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरू माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरू समेत नेपाल टेलिकमको 4G मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास रहेको कम्पनीले जनाएको छ |

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : २१ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला