माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा टेलिकमको फोरजी सेवा « Khabarhub

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा टेलिकमको फोरजी सेवा


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले  माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको 2G मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि 4G सेवा सञ्चालनमा ल्याईएको छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरू माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरू समेत नेपाल टेलिकमको 4G मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास रहेको कम्पनीले जनाएको छ |

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : २१ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका