बजेटको छलफल नसकिएसम्म अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको निर्देशन « Khabarhub

बजेटको छलफल नसकिएसम्म अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको निर्देशन


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई बजेट निर्णयार्थ प्रस्तुत नहुँदासम्म संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेक प्रतिनिधि सभाको आगामी बैठकमा पेश नहुन्जेलसम्म अनिवार्य उपस्थित हुन ह्वीप जारी भएको बताए ।

‘अब ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकहरुमा विनियोजन विधेक निणयार्थ प्रस्तुत नहुँदासम्मका लागि सबै माननिय सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलको बैठकले निर्देश गरेको छ,’ लेखकले भने ।

कांग्रेसले बजेटका सन्दर्भमा लिएने पोजिसनबारे त्यहीबेला निर्णय गर्ने पनि नेता लेखकले बताए ।

उनले प्रतिपक्षमा रहेको कांग्रेसले जनताका सवाल, जनजीविकाका मुद्दा, देश र जनताका विषयलाई सघनरुपमा संसद्मा उठाउनुपर्ने बताए ।

पछिल्ला बैठकमा कांग्रेसका सांसदहरू कम उपस्थित हुँदा ती विषयले कम महत्व पाएको पनि बताए । आजको बैठकले संसदमा देश र जनताबारे निरन्तर आवाज उठाउन पनि निर्देशन दिएको उनले बताए ।

बजेटबारे सत्तारुढ दलकै सांसदहरूले कुरा उठाएको उनले स्मरण गराए । मन्त्रालयगत विनियोजन बेठीक रहेको उनले बताए ।

बजेटबाहेकका समसामयिक विषयमा पनि कांग्रेसले क्रियाशीलतापूर्वक विषय उठाउने पनि उनले बताए ।

नेता लेखकले कांग्रेसले सहकारीबारे विषय उठाएर नै संसदीय समिति बनेको बताए । संसदीय समिति बनेको उक्त सहकारीको विषयमा कुनै छलफल नभएको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : २९ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको