दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै इंग्याण्ड « Khabarhub

दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै इंग्याण्ड


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले इंग्याण्डलाई १६४ रनको चुनौती दिएको छ ।

वेष्ट इण्डिजको सेन्ट लुसियास्थित ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो।

उसका लागि क्विन्टन डे ककले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ६५ रन बनाए । उनले चार चौका र चार छक्का प्रहार गरे । त्यस्तै डेभिड मिलरले ४३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले १९ रन बनाए।

इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिए । त्यस्त्ै स्पिनरद्वय मोइन अली र आदिल राशिदले १र१ विकेट लिए।

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच अहिलेसम्म ६ खेल भएको छ । जसमध्ये इंग्ल्याण्डले २ खेलमात्र जित हात पारेको छ भने बाँकी ४ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ३८ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको