बोलिभियामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु « Khabarhub

बोलिभियामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

लापाज– बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक रहेको चिलीको विदेश मन्त्रालयले बताएको छ ।  दुवै सवारीका चालकको मृत्यु भएको अधिकारीले बताएका छन् ।

बोलिभियाको पटाकामाया सहर र उत्तरी चिलीको टम्बो क्वेमाडो सहर जोड्ने सडकमा भएको दुर्घटनामा यस वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको ट्राफिक अधिकृत निलो टोरिकोले बताएका छन्  ।

दुई दक्षिण अमेरिकी देशहरूलाई जोड्ने व्यस्त व्यापारिक र पर्यटन मार्ग हुँदै बस चिलीतर्फ गइरहेको थियो । ‘प्रारम्भिक अनुसन्धानअनुसार ट्रकले बसलाई गलत लेनबाट ओभरटेक गर्न खोजेको देखाइएको छ,’ ट्राफिक अधिकृत टोरिकोले भने।

‘ट्रकले सवारी नियमको उल्लङ्घन गरेको र यो दुर्भाग्यपूर्ण दुर्घटना भएको देखिन्छ,’ उनले भने ।

उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त सवारी साधनहरूमा फसेका शवहरू निकाल्ने काम गरिरहेका टोरिकोले जानकारी दिए।

बोलिभियामा हरेक वर्ष औसत एक हजार ४००  जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । बोलिभियामा सडक दुर्घटना मुख्यतया चालकको लापरबाही र पुराना सडक र गाडीका कारण हुने गरेको देखिन्छ ।

अप्रिल ४ मा दक्षिण पश्चिमी बोलिभियाको व्यस्त सडकमा भएको दुर्घटनामा चौध जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : ५२ बजे

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह