अघिल्लो सरकारले भन्दा राम्रो काम गर्छौँ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

अघिल्लो सरकारले भन्दा राम्रो काम गर्छौँ : उपप्रधानमन्त्री सिंह


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसार काम हुन नसकेकाले काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको बताए ।

‘यो सरकार संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था कसरी आयो भने यो भन्दा अगाडिको सरकार टिक्न सकेन । राजनीतिक अस्थिरता भयो । जनताको चाहनाअनुसार काम हुन सकेन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले अगाडिको सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरी काम गर्नेछ ।’

विकास निर्माणको काम एकै दिनमा नहुने र समय लाग्ने भन्दै उनले नेपालको अवस्था बुझ्न पनि आग्रह गरे ।

जनतासँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै सिंहले स्थानीय सरकारलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नो पहिचानको रक्षा हुने गरी तारकेश्वरलाई आधुनिक नगरपालिका बनाउन सुझाव दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : ५९ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले