आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व सङ्कलन « Khabarhub

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व सङ्कलन


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ४५ करोड ९९ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजालका अनुसार कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य कूल ५९ करोड एक लाख रुपैयाँ रहेको थियो । कूल वार्षिक लक्ष्यको ७७ दशमलव पाँच प्रतिशत राजस्व उठेको प्रमुख रिजालले जानकारी दिए।

यस्तै, ३८ करोड ९० लाख ९९ हजार रुपैयाँ आयकरको राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ३१ करोड ५४ लाख २३ हजार रुपैयाँ सङ्कलन भएको छ । सो अवधिमा कूल ८१ दशमलव छ प्रतिशत प्रगति भएको छ ।

कार्यालय प्रमुख रिजालले भने, ‘१९ करोड नौ लाख ३० हजार रुपैयाँ बहालकर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड तीन लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको छ, कूल ५७ दशमलव सात प्रतिशत प्रगति भएको छ, त्यस्तै ब्याजदरबापत वार्षिक पाँच करोड छ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच करोड तीन लाख १६ हजार रुपैयाँ सङ्कलन भएको छ, कूल प्रगति ९४ दशमलव २९ प्रतिशत रहेको छ ।’

मूल्य अभिवृद्धि करबापत १६ करोड ५४ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड ९३ लाख ४९ हजार रुपैयाँ सङ्कलन भएको छ । कूल ७२ दशमलव १३ प्रतिशत प्रगति भएको प्रमुख रिजालको भनाइ छ ।

अन्तःशुल्क नौ करोड नौ लाख ६६ हजार रुपैयाँ लक्ष्य रहेकामा आठ करोड पाँच लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसको कूल प्रगति ८५ दशमलव ६६ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

जम्मा करदाता सङ्ख्या अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालयका सूचना अधिकारी धनसिंह थापाले बताए ।

जुम्लामा एक–एकपटक व्यावसायिक र निर्माण व्यवसायीलाई गरी दुईपटक करदाता शिक्षा दिइएको छ । एक पटक कालिकोट र दुई पटक मुगुका व्यवसायीलाई करदातासम्बन्धी शिक्षा दिइएको छ ।

उक्त कार्यालयको जुम्लालगायत मुगु र कालिकोटमा पनि कार्यक्षेत्र रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरेको सूचना अधिकारी थापाको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : २४ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना