आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व सङ्कलन | Khabarhub Khabarhub

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४५ करोड राजस्व सङ्कलन


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ४५ करोड ९९ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजालका अनुसार कार्यालयले कूल ७७ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य कूल ५९ करोड एक लाख रुपैयाँ रहेको थियो । कूल वार्षिक लक्ष्यको ७७ दशमलव पाँच प्रतिशत राजस्व उठेको प्रमुख रिजालले जानकारी दिए।

यस्तै, ३८ करोड ९० लाख ९९ हजार रुपैयाँ आयकरको राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा ३१ करोड ५४ लाख २३ हजार रुपैयाँ सङ्कलन भएको छ । सो अवधिमा कूल ८१ दशमलव छ प्रतिशत प्रगति भएको छ ।

कार्यालय प्रमुख रिजालले भने, ‘१९ करोड नौ लाख ३० हजार रुपैयाँ बहालकर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड तीन लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको छ, कूल ५७ दशमलव सात प्रतिशत प्रगति भएको छ, त्यस्तै ब्याजदरबापत वार्षिक पाँच करोड छ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच करोड तीन लाख १६ हजार रुपैयाँ सङ्कलन भएको छ, कूल प्रगति ९४ दशमलव २९ प्रतिशत रहेको छ ।’

मूल्य अभिवृद्धि करबापत १६ करोड ५४ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा असार मसान्तसम्म ११ करोड ९३ लाख ४९ हजार रुपैयाँ सङ्कलन भएको छ । कूल ७२ दशमलव १३ प्रतिशत प्रगति भएको प्रमुख रिजालको भनाइ छ ।

अन्तःशुल्क नौ करोड नौ लाख ६६ हजार रुपैयाँ लक्ष्य रहेकामा आठ करोड पाँच लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसको कूल प्रगति ८५ दशमलव ६६ प्रतिशत रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

जम्मा करदाता सङ्ख्या अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ रहेको कार्यालयका सूचना अधिकारी धनसिंह थापाले बताए ।

जुम्लामा एक–एकपटक व्यावसायिक र निर्माण व्यवसायीलाई गरी दुईपटक करदाता शिक्षा दिइएको छ । एक पटक कालिकोट र दुई पटक मुगुका व्यवसायीलाई करदातासम्बन्धी शिक्षा दिइएको छ ।

उक्त कार्यालयको जुम्लालगायत मुगु र कालिकोटमा पनि कार्यक्षेत्र रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरेको सूचना अधिकारी थापाको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : २४ बजे

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष