कास्कीका दुई लाख पशुमा पूर्ण खोप लगाइयो « Khabarhub

कास्कीका दुई लाख पशुमा पूर्ण खोप लगाइयो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

कास्की– विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रममा गत वर्ष दुई लाख बढी पशुलाई खोप लगाइएको छ ।

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लामा पाँच वटै पालिकाका ७२ वडाका ३५ हजार सात सय छ घरधुरीमा एकै साथ पशुमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुकुर र भेडामा गरी दुई लाख एक हजार एक सय ७२ मात्रा खोप दिइएको हो ।

पूर्ण खोप कार्यक्रममा गाई, भैँसी र बङ्गुरमा खोरेतविरुद्धको ७१ हजार २५ मात्रा खोप दिइएको थियो । यसैगरी, एक हजार छ सय गाई, भैँसीमा एचएसविक्यू खोप लगाइएको थियो । यसैगरी, ७९ हजार सात सय ७५ बाख्रा र आठ हजार चार सय २५ भेडामा पिपिआर खोप दिइएको थियो ।

कार्यालयका अनुसार १० हजार ८८ कुकुरलाई रेबिज र छ हजार सात सय ३४ बङ्गुरलाई स्वाइनफिभरको खोप दिइएको थियो । गाई १६ हजार पाँच सय ५४ र भैँसी छ हजार नौ सय ७१ गरी २३ हजार पाँच सय २५ लाई लम्पिस्किनविरुद्धको खोप दिइएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो ।

स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिए  ।

उनका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारीले पालिकाका पशु सेवा शाखाका कर्मचारीको सहयोग लिएर सुरुआतमा कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन र त्यसपछि खोप लगाएका हुन् ।

‘पशुमा पूर्ण खोप कार्यक्रम किसानले प्रत्यक्ष लाभ लिने कार्यक्रम हो, यो कार्यक्रम सिधै किसानकामा पुग्दछ र शत्प्रतिशत कार्यान्वयन समेत भएको छ’, कार्यालय प्रमुख पाण्डेले भने, ‘महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ५३ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी