बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारदेखि देशभर कडा कर्फ्यु लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो ।

सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको संख्या ११५ नाघेको छ ।

बंगलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौँ मानिस घाइते भएका छन् । शनिबार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेबसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।

देशमा लागू गरिएको कर्फ्यु शनिबार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यु लगाएसँगै बंगलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

अवस्था अस्थिर बनेपछि बंगलादेशमा अध्ययन गरिरहेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरू स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने नेपाल सरकारले १७ जनालाई आफ्नो पहलमा स्वदेश फर्काउँदै छ ।

त्यस्तै मिडिया रिपोर्टका अनुसार अन्य देशका हजारौँ नागरिकले बंगलादेश छोड्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ०३ बजे

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर