यी हुन् ओलीको प्राथमिकतामा रहेका पाँच काम | Khabarhub Khabarhub

यी हुन् ओलीको प्राथमिकतामा रहेका पाँच काम


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ सरकारले पाँच वटा कामलाई प्राथमिकता दिने बताएका छन् ।

उनले आइतबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

ओलीले त्यसक्रममा पाँच प्राथमिकता पनि सार्वजनिक गरे।

थालेको काम सक्ने ट्ठ उनले काम सुरु भएका सबै किसिमका आयोजनाका काम समयमै सक्ने बताए । ‘सबै परियोजना समयमा सकिन्छ । थालेको काम तोकिएकै समयमा सकिन्छ’, उनले भने ।

क्षमता अधिवृद्धि : आफ्नो मन्त्रालयको कामलाई प्राथमिकता दिएर क्षमता अभिवृद्धि गर्ने योजना ओलीले सुनाए ।

मूल्याङ्कन : खर्च गर्ने क्षमता बढाइनेछ । पुँजीगत खर्च गर्ने क्षमता बढाइने छ । लागत वृद्धि कम गर्न आवश्यक ऐन सुधार गरिनेछ ।

निमार्ण व्यवसायीहरूका समस्या तत्काल समाधान गर्ने योजना बनाइने छ ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा बोल्दै ओलीले यस्ता योजना सार्वजनिक गरेका हुन् ।

उनले नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार आज संसद् बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ०९ बजे

माओवादी संविधान संशोधन विरोधी होइन : अध्यक्ष दाहाल

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री

गीत ‘सिनेमा हेर्न जाऊँ’ : बलिउड गायकको स्वर, विराज पुत्र समीर र सोनुको नृत्य

काठमाडौं- नायक विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२

बुटवलको चर्चित होटलमा कुहिएको मासुबाट बन्दो रहेछ बिरयानी

रुपन्देही- बुटवल उपमहानगरपालिका क्षेत्रकै चर्चितमध्ये एक होटलले खसी र कुखुराको

बाँके र चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– बाँके र चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

चितवन– नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान