कांग्रेससँग मिलेपछि ओलीले लिन चाहेनन् माओवादीको नाम, भने-‘अरू शक्ति’ | Khabarhub Khabarhub

कांग्रेससँग मिलेपछि ओलीले लिन चाहेनन् माओवादीको नाम, भने-‘अरू शक्ति’


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएकाे सात बुँदे सहमति वाचन गरेर सुनाए ।

दुई दलबीच असार १७ गते मध्यराति भएको सम्झौता वाचन गरेर सुनाउनुअघि ओलीले त्यस्तो सहमतिको औचित्य पुष्टि गर्न केही पृष्ठभूमि बाँधे । उनले वि.सं. २००७ मा राणा शासन अन्त्यदेखि २०६२/६३ को राजनीतिक परिवर्तनसम्मका सन्दर्भ कोट्याए ।

पछिल्लो राजनीतिक परिवर्तनको सन्दर्भमा अकाट्य जोडिने माओवादीको नाम भने ओलीले लिँदै लिएनन् । माओवादी ओली अध्यक्षताको पार्टी नेकपा (एमाले) कै निवर्तमान सत्ता साझेदार पनि हो ।

सात बुँदे सहमति वाचन गर्नुअघि ओलीले देशमा फैलिएको सशस्त्र हिंसाको आगो निभाउन र राजतन्त्र फाल्न २०६२/६३ मा कांग्रेस-एमाले एकमत भएका  बताए । त्यतिखेर द्वन्द्वरत अर्थात्‌ विपक्षी माओवादीलाई ओलीले अरू शक्तिको संज्ञा दिए ।

ओलीले भने, ‘२०६२/६३ मा देशमा फैलिएको सशस्त्र हिंसाको आगो निभाउन र राजतन्त्र फाल्न एकमत भएका थिए । त्यसैको जगमा अरू शक्तिलाई साथमा लिँदै यी दुई पार्टीले संविधान निर्माणको नेतृत्व गरे ।’

तत्कालीन नेकपा मा‌ओवादीले व्यवस्था र संविधानप्रति असन्तुष्टि जनाउँदै २०५२ फागुनदेखि सशस्त्र विद्रोह थालेको थियो । सो विद्रोह १२ बुँदे सहमति हुँदै २०६२/६३ को राजनीतिक परिवर्तनपछि अन्त्य भएको थियो । माओवादीको मागअनुसार राजतन्त्र अन्त्य र स‌ंविधानसभामार्फत नयाँ संविधान घोषणा गर्न तत्कालीन संसद्‌वादी दलहरू सहमत भएका थिए ।

शान्तिपूर्ण मूलधारको राजनीतिमा आएपछि अधिका‌ंश समय सत्तामा रहेको माओवादी हाल प्रतिपक्षमा पुगेका छ । माओवादीको संसदीय शक्ति क्षयीकरण पनि तीव्रतर छ । त्रिशंकु संसद्‌को फाइदा उठाउँदा यसअघि संसद्‌मा पहिलो र दोस्रो ठूलो दल काँग्रेस र एमालेले पालैपालो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निरन्तरता दिएका थिए ।

तर, स‌ंसद्‌का दुई ठूला दलहरूको नयाँ सत्ता गठबन्धन बनेसँगै माओवादी केन्द्र अहिले प्रतिपक्षमा पुगेको छ । एमालेले माओवादीसँगको गठबन्धन तोड्दै कांग्रेससँगको सहमतिमा नयाँ सरकारको नेतृत्व गरेको हो । प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै गरेका हुन्‌ ।

विश्वासको मत लिँदै गर्दा ओलीले कांग्रेस र एमाले प्रतिष्पर्धी पार्टी भए पनि खास समयमा यी दुई पार्टीले सहकार्य गरेका र देशलाई परिणाम पनि दिएका बताए । उनले भने, ‘हामी सबैलाई थाहा छः नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । हामी विचारमा प्रतिष्पर्धा गर्छाैं । तर खास समयमा यी दुई पार्टीले सहकार्य गरेका छन् र देशलाई परिणाम पनि दिएका छन् ।’

ओलीले थपे, ‘सात सालमा राणा शासन अन्त्यका लागि एक भएका थिए, ४६ सालमा निरंकुश राजतन्त्र र पञ्चायत फाल्नका लागि एक भएका थिए । यसपटक फेरि हामीले सात बँदे सहमति गरी सहकार्य थालनी गरेका छौँ । नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको त्यो सात बुँदे सहमति जस्ताको तस्तै यो सम्मानित सदनलाई जानकारी गराउने अनुमति चाहन्छु ।’

यो पनि-

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक, चुनावी सरकारको नेतृत्व देउवाले गर्ने

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ५३ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’