प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु « Khabarhub

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार यही साउन ४ गते वडा नं २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना २१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबलदार सूर्य न्यौपानेले महिलालाई ठक्कर दिएका थिए ।

उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ३२ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ