राष्ट्रिय निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत | Khabarhub Khabarhub

राष्ट्रिय निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई  दुई करोड दुई लाख १७ हजार सात सय दुई रुपैयाँ राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको हो ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई एक करोड रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।

यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार एक सय ७४ रुपैयाँ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई दुई लाख ४५ हजार चार सय ६८ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् ।  उनीहरूमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए ।

यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए । गत आवमा एक सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि २४ लाख ९१ हजार सात सय १० रुपैयाँ राहत रकम प्रदान गरिएको छ ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोबापत ९१ हजार रुपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्‍याएको उनले बताए । घरगोठ क्षतिबापत पाँच लाख ३५ हजार नौ सय ७५  रुपैयाँ राहत वितरण गरिएको छ ।

अन्नबालीमा पाँच सय २४ पटक क्षति भएको र ३६ लाख नौ हजार तीन सय ७५ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ०२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका