एक्समा सबैभन्दा बढी फलोअर्स हुने राजनीतिज्ञ बने मोदी « Khabarhub

एक्समा सबैभन्दा बढी फलोअर्स हुने राजनीतिज्ञ बने मोदी


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल एक्समा सबैभन्दा बढी फलोअर्स हुने राजनीतिज्ञ बनेका छन् । मोदीले एक्समा १० करोड फलोअर्स कटाएका छन् ।

मोदीले यो सफलता पाउँदा आफूलाई खुसी लागेको र आगामी समयमा पनि यस्तै आकर्षण रहोस् भनि कामना गरेका छन् । उनले लेखेका छन्, ‘एक्समा १०० मिलियन । यो जीवन्त माध्यममा रहन पाउँदा र छलफल, बहस, अन्तर्दृष्टि, जनताको आशीर्वाद, रचनात्मक आलोचना, लगायतका कुराहरू गर्न पाउँदा खुसी लागेको छ ।’

यस्तै मोदीलाई एक्सका मालिक एलन मस्कले बधाई दिएका छन् । मोदीको एक्स ह्यान्डललाई मेन्सन गर्दै मस्कले लेखेका छन्, ‘विश्वमा धेरै फलो गरिएको राजनीतिज्ञ बनेकोमा बधाई छ ।’

मोदीले एक्समार्फत आफ्नो आधिकारीक धारणा र बिचारहरु सार्वजनिक गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया