प्राथमिक र द्वितीय शेयर बजार भनेको के हो ? | Khabarhub Khabarhub

खबरहब शेयर शिक्षा श्रृङ्खला–३

प्राथमिक र द्वितीय शेयर बजार भनेको के हो ?


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारको अध्ययन गर्दा प्राथमिक र द्वितीय शेयर बजारको विषयमा अनिवार्य बुझ्नुपर्ने हुन्छ । लगानीकर्ताहरू शेयर बजारमा प्राथमिक र द्वितीय दुवै शेयर खरिद गरेर कारोबारको सुरूवात गर्न सक्छन् ।

लगानी प्रकृतिको कोणबाट शेयर बजारलाई प्राथमिक र द्वितीय गरी दुई भागमा विभाजन गर्ने गरिएको पाइन्छ । प्राथमिक बजारमा संगठित संस्थाले विभिन्न नामका धितोपत्र जारी गरेर आम लगानीकर्ताहरूबाट पुँजी सङ्कलन गर्न गर्छन् भने सोही बजारबाट लगानीकर्ताहरूले पुँजी लगानी गरेर संगठित संस्थाले उद्देश्यअनुसार जारी गरेको धितोपत्र खरिद गर्न सक्छन् ।

संगठित संस्थाले प्राथमिक शेयर पुँजी सङ्कलन वा पुँजी वृद्धिको उद्देश्यले जारी गर्ने गर्छन् । जसमध्ये पहिलो पटक आम लगानीकर्तालाई लक्षित गरेर जारी गरिएको शेयरलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) भनिन्छ भने दोस्रोपटक पुनः पुँजी सङ्कलन वा पुँजी वृद्धिको उद्देश्यले जारी गरिएको शेयरलाई थप सार्वजनिक निष्काशन (एफपीओ) भनिन्छ ।

यसरी संगठित संस्थाहरूले आम लगानीकर्ताहरूलाई लक्षित गरेर प्राथमिक धितोपत्र शेयर चुक्ता मूल्य वा चुक्ता मूल्यमा नै केही मूल्य थप गरेर जारी गर्न सक्छन् । जुन बजारमा लगानीकर्ताहरूले जारी मूल्यमा नै आवेदन गरेर शेयर खरिद गर्ने गर्छन् । नेपालमा आइपीओ जारी गर्दा संगठित संस्थाहरूले साधारण चुक्ता मूल्य वा बुक बिल्डिङ विधि लागू गर्ने गरेका छन् ।

संगठित संस्थाहरूले नेपाल धितोपत्र बोर्डले निर्धारित गरेको प्रक्रिया पूरा गरेर बिक्री प्रबन्धक (क्यापिटल मर्चेन्ट) शेयर खरिदको प्रक्रिया अगाडि बढाउँछन् । डिम्याट खाता खोलेका लगानीकर्ताहरूले नेपाल क्लियरिङ हाउसको स्वामित्वमा रहेको मेरो शेयर र सी–आस्वा प्रणालीबाट संगठित संस्थाको प्राथमिक शेयर खरिद गर्न सक्छन् ।

त्यस्तै, प्राथमिक बजारमा खरिद गरिएका धितोपत्रहरूलाई पुनः खरिदबिक्री गर्न सकिने, संगठित संस्था तथा सरकारद्वारा जारी गरी सूचीकृत भैसकेको धितोपत्रको कारोबार गर्न सकिने गरी स्थापित बजारलाई धितोपत्रको दोस्रो बजार भनिन्छ ।

दोस्रो बजारमा धितोपत्र वा शेयर खरिदबिक्री गर्न लगानीकर्तारूले बोर्डबाट अनुमतिप्राप्त धितोपत्र दलाल (ब्रोकर)मा आवद्ध हुनुपर्छ ।

त्यसपछि ब्रोकरले नेपाल स्टक एक्सचेन्ज ट्रेड म्यानेजमेन्ट सिस्टममा लगानीकर्तालाई आवद्ध गराइदिन्छ र लगानीकर्ताहरूले आफ्नो परिचयात्मक आइडी पासवर्डको सहायताले दोस्रो बजारमा प्रवेश गरेर शेयर खरिदबिक्री गर्न सकिन्छ । नेपालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले मात्रै हाल दोस्रो बजारको सञ्चालन गर्दै आएको छ ।

दोस्रो बजार शेयरको मूल्य माग र पूर्तिको आधारमा स्वचालित हिसाबले निर्धारण हुने गर्छ । दोस्रो बजारमा शेयरको मूल्य निरन्तर चलायमान हुने हुँदा लगानीकर्ताले आफ्नो शेयर आफूले चाहेको मूल्यमा खरिद गर्न र बिक्री गर्न भने सक्दैन ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ६ : ३३ बजे

जै घाँस लगाउने किसानलाई पोखरा महानगरको प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग

शिक्षक आन्दोलनले सडक अस्तव्यस्त

काठमाडौं– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका

रविको बन्दीप्रत्यक्षीकरण रिटको छिनोफानो संयुक्त इजलासले गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा

बेलौरीमा जलेको अवस्थामा एक जनाको शव भेटियो

कञ्चनपुर– बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज

नारायणकाजीको प्रस्ताव- प्रतिगमनलाई बल पुराउने यथास्थितीवादलाई परास्त गरौँ

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल