रास्वपा केन्द्रीय समिति बैठक बस्दै, अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजे सुरु हुने बताइएको छ ।

आजको बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ ।

रास्वपाले केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको छ । यसअघि ढकाललाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो । यस्तै उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै २४ घण्टे स्पष्टीकरण पनि सोधिसकेको छ ।

बैठकमा समसामयिक राजनीति र पार्टीका गतिविधि, राष्ट्रिय भेला, कर्णाली विशेष अभियान, सङ्गठन निर्माण सम्बन्धी कार्यविधि संशोधनलगायत विषयमा छलफल हुने झाले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : ३६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण