माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि « Khabarhub

माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आज सुरु हुँदैछ ।

आज पहिलो दिन बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।

बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा गत असार ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि छलफल र परामर्श हुनेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।

बागमती प्रदेश अन्तर्गतको परामर्श समितिको बैठक बिहीबारसम्म चल्नेछ भने अन्य प्रदेश र मोर्चा कमिटीहरुको बैठक आगामी असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ३७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी