‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख « Khabarhub

‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् ।

प्रमुख सचेतकहरूसँग बुधबार भएको छलफल उनले संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताए ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले भोलि भदौ ६ गते बिहान ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको बताए । 

भोलिको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची रहेको बताउँदै उनले यस कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गरेको बताए ।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठक भदौ ११, १२, १३ गते गर्नेगरी प्रस्ताव गरिएको छ । यसैगरी प्रत्येक १५ दिनमा संसद् बैठकको कार्यतालिका बनाएर प्रभावकारी रुपमा सञ्चालन गर्नेगरी छलफल भएको मुख्य सचेतक बर्तौलाले बताए ।

संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमिरेले समितिले निर्णयार्थ काम गर्नेगरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : २२ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये