पहिराले पाइप लाइनमा क्षति हुँदा खानेपानी वितरण प्रभावित « Khabarhub

पहिराले पाइप लाइनमा क्षति हुँदा खानेपानी वितरण प्रभावित


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिराले क्षति पुर्‍याएको छ । मङ्गलबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण व्यास नगरपालिका–१३ निउरोघारी नजिक पहिरो गई खानेपानी मुहानको पाइप लाइनमा क्षति पुगेको हो ।

खानेपानी मुहानको ‘मेनलाइन’ को जिआइ पाइपलाइन पहिराले क्षति पुगेपछि पानी आपूर्ति बन्द भएको उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । पाइप लाइन मर्मत गर्न समय लाग्ने भएकाले पानी वितरणमा समस्या आउने उनले बताए ।

यसअघि पनि असारको अन्तिम साताको पहिराले खानेपानी पाइपमा क्षति पुगेको थियो । उक्त खानेपानी संस्थाले त्यस वडाका दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ ।

उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको छ । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कूल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको छ ।

समितिले नगर विकास कोषको सहयोगमा आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । संस्थाले नगर विकास कोषसँग रु तीन करोड ८१ लाख ऋण लगानीका लागि सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाई क्षेत्र सहलगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग सम्झौता गरिएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए ।

व्यास नगरपालिका–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम रु १० करोड ६७ लाख, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम रु तीन करोड ८१ लाख र पाँच प्रतिशत रकम रु ७६ लाख २१ हजार उपभोक्ता संस्थाबाट बेहोरिने अध्यक्ष दरैले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : १७ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना