परराष्ट्रमन्त्री राणा र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री राणा र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

बुधबार नयाँ दिल्लीको शेराटन होटलमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा चौथाइवालेले परराष्ट्र मन्त्री नियुक्त भएकोमा मन्त्री राणालाई बधाइ दिएका थिए।

साथै नेपाल–भारत सम्बन्धको नयाँ आयाम र अवसरहरूबारे छलफल भएको चौथाइवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यसअघि मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

मन्त्री राणा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ११ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा