श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन « Khabarhub

श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो ।

स्थानीय समय अनुसार बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म देशभरका १३ हजार १३४ मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको दौडमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित जनाथा विमुक्‍ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायक, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसा, राजापक्षे परिवारका श्रीलंका पोडूजना पेरामुना पार्टीका नमल राजापक्षे, पिपुल्स स्ट्रगल एलाइन्सका नुवान बोपेज प्रमुख उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि १७ मिलियन मतदाता मतदानका लागि योग्य रहेको बताइएको छ । श्रीलङ्कामा १८ वर्ष पुगेर दर्ता गरेका नागरिकले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ ।

सुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ ।

तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एक जनालाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

श्रीलङ्कामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था रहेको छ ।

श्रीलङ्कामा ठूलो विरोध प्रदर्शन भएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलङ्काको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ०८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,