प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू) | Khabarhub Khabarhub

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक हो कमलामाई मन्दिर । यो मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किलोमिटर टाढा रहेको छ ।

माइस्थान समेत भनेर चिनिने कमलामाई मन्दिर गौमती खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यो मन्दिर बीपी राजमार्गमा पर्दछ ।

यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाका कारण यस मन्दिरमा आउने भक्तजनहरूको ठूलो घुँइचो लाग्ने गर्दछ ।

कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरू भने अधुरै छन् । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।

यस मन्दिरमा मकवानी राज्यका राजादेखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरूले चढाएको वस्तुहरूमा लेखिएको अक्षरहरूबाट यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व थाहा हुन्छ ।

१८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालीन काजी भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ ।

कमलामाई मन्दिरमा प्राय सबै समयमा दर्शनार्थीहरूको भीड लाग्छ तर पनि माघे सङ्क्रान्तिमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तीर्थालुहरू आउने गर्दछन् ।

तस्बिर : फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’