समाचार

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व संकलन

By खबरहब

September 21, 2024

भद्रपुर– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा दुई अर्ब ४२ करोड नौ लाख नौ हजार राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो । 

चालु आवमा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकल गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट रु एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व संकलन भएको हो । 

कार्यालयले गत आव २०८०-८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखिएकामा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व संकलन गरेको थियो । चालु आवमा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।