अफगानिस्तानको जितमा कीर्तिमानको ओइरो | Khabarhub Khabarhub

अफगानिस्तानको जितमा कीर्तिमानको ओइरो


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अफगानिस्तानले क्रिकेटमा नयाँ कीर्तिमान राखेको छ । शुक्रबार सारजाहमा भएको खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले कीर्तिमान राखेको हो । अफगानिस्तानका लागि रमानहुल्लाह गुरबाजले शतक प्रहार गरे ।

 सोही शतकका कारण अफगानिस्तानले ३११ रनको योगफल खडा गरेको थियो । रसिद खानले ५ विकेट लिए पछि भ्रमणकारी दक्षिण अफ्रिका १३४ रनमा सीमित भएको हो । 

३ खेलको शृङ्खला जिती सकेको अफगानिस्तानले आइतबार तेस्रो खेल खेल्दै छ । अफगानिस्तानको यो १४ औ बिलाटिरियल शृङ्खला जित हो । यस अघि अफगानिस्तानले जिम्बाबेसँग ५, आयरल्याण्डसँग ४, स्कटल्यान्डसँग २ तथा नेदरल्यान्ड र बङ्गलादेशसँग १ शृङ्खलामा जित हात पारेको थियो । 

शीर्ष ५ वरीयतामा रहेको टोली विरुद्धमा अफगानिस्तानको यो पहिलो सफलता हो । दक्षिण अफ्रिका अहिले वरियता क्रममा तेस्रो स्थानमा छ । 

दक्षिण अफ्रिका लगातार २ ए क दिवसीय खेलमा १५० रन भन्दा कमको योगफलमा समेटिएको पनि यो पहिलो पटक हो । शृङ्खलाको पहिलो खेलमा पनि दक्षिण अफ्रिका १०६ रनमा सीमित भएको थियो । 

शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले ९ विकेट स्पिनरलाई सुम्पेको थियो । यो पनि आफैमा कीर्तिमान हो । यस अघि सन् १९९९ मा नैरोबीमा भएको खेलमा भारतीय स्पिनरले पनि दक्षिण अफ्रिकाको ९ विकेट लिएका थिए । 

गुरबाजले सातौँ एक दिवसीय शतक प्रहार गरे । २३ वर्ष भन्दा कम उमेरमा यो भन्दा बढी सतक प्रहार गर्ने अहिलेसम्म सचिन तेन्दुलकर र क्विन्टन डीकक मात्र हुन् । विराट कोहलीले २३ वर्ष पुरा हुनु भन्दा अघि ७ एक दिवसीय सतक प्रहार गरेका थिए । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ४४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं