एमाले–कांग्रेस मिलेपछि देश अस्थिरताबाट मुक्त भयो : महासचिव पोखरेल « Khabarhub

एमाले–कांग्रेस मिलेपछि देश अस्थिरताबाट मुक्त भयो : महासचिव पोखरेल


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतंक फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको टिप्पणी गरेका छन् ।

 प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरणविरुद्धको चलखेल मात्रै रहेको टिप्पणी गरे।

‘एमाले–कांग्रेस मिलेपछि अब देश अस्थिरताबाट मुक्त भएको छ, स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठूला दल एक ठाउँमा उभिएका हुन्, यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन, विकल्प खोज्ने हो भने संसद्बाट मात्रै सम्भव छ, थप अरु संसदीय विकल्प खोज्ने भए २०८४ को निर्वाचन छँदैछ, आमनिर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुला छ’, उनले भने।

दुई प्रमुख पार्टीको एक्ला एक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने उनको भनाइ छ । देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको महासचिव पोखरेलको आरोप थियो । अहिले निकै चर्चामा रहेको सहकारी ठगीबारे धारणा राख्दै उनले सहकारी क्षेत्रमा संकट देखिनु वित्तीय संकटको प्रभाव रहेको बताए।

उनले सहकारीले आफ्नो नियम पालना नगर्दा यसको असर बचतकर्तामा परेको भन्दै नियमन गर्ने काममा सरकारको ध्यान केन्द्रित रहेको बताए।  सहकारीको सदस्य नभएको व्यक्तिलाई लगानी गर्न नमिल्ने भए रास्वपाका सभापति रवि लामिछानेको विषयमा गैरकानुनी रुपमा लगानी भई दुरुपयोग भएको पुष्टि भएको उनको भनाइ थियो ।

‘विना लगानी शेयर प्राप्त गर्नु अनुचित कार्य हो, सहकारीबाट कम्पनीले ऋण लिने विषय पनि अनुचित प्रभाव हो, जहाँबाट ल्याएको हो त्यो सर्तसहित फिर्ता गर्नुपर्ने हो, तर बेइमानी भयो, यसले बचतकर्ताको लगानी खतरामा प¥यो, कोही जिम्मेवारी र दायित्वबाट अलग हुन मिल्दैन’, उनले भने ।

सहकारी संस्थाको छानबिन समितिको प्रतिवेदनले गरेको सिफारिसअनुसार जो कोही भए पनि कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने उनले बताए । कारबाही सिफारिस भएका व्यक्तिले अहिले ‘क्लिन चिट’ पाएँ भन्नू अनुसन्धानलाई प्रभावित पार्ने खेल भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : ३१ बजे

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक