‘संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने’ « Khabarhub

‘संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने’


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राखेका छन् । 

भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘मानव अधिकार, सुशासन र समृद्धि’ विषयक कार्यक्रममा संविधानका जानकारसमेत रहेका आचार्यले सबै वर्ग, समुदाय, जाती, भाषा, पेसाका नागरिकको साझा समस्या समाधान गर्नका लागि संविधान संशोधनको बहस चलाउनु आवश्यक हुने बताए । 

पूर्वमन्त्री आचार्यले भने, ‘देशको मूल कानुन संविधानबारे सबै तह र निकायलाई बुझाउने र प्रष्ट पार्नु पर्न आवश्यकता छ, त्यसपछि समयसापेक्ष बनाउन संशोधनमा जाँदा प्रभावकारी हुन्छ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले मुलुकको कमजोर अर्थतन्त्रको सुधार गर्दै सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई परिणाममुखी तुल्याउन भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको विषयमा सरोकार भएका निकाय तथा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्नेमा जोड दिए।

बागमती प्रदेशसभाका सांसद दीपेन्द्र श्रेष्ठले लोकतन्त्र प्राप्त भएपछि मुलुकले आर्थिक र समृद्धिका क्षेत्रमा विकास हुनुपर्नेमा राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायतका कारणले सोचेअनुसार उपलब्धि हासिल हुन नसकेको विचार राखे।

अर्थशास्त्री डा रेवतबहादुर कार्कीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले वित्तीय अनुशासन कायम गरी त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए।

वरिष्ठ पत्रकार बविता बस्नेतले विद्यालय शिक्षा पूरा गर्नासाथ बालबालिका रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्तिले हाम्रा विश्वविद्यालयका कक्षाकोठा खाली हुँदै गएका भन्दै सरोकार भएका पक्षले विद्यमान नीति र व्यवहारमा सुधार गर्नुपर्ने खाँचो औँल्याइन्।

संविधानका जानकार काशीराज दाहालले राजनीति र प्रशासनिक क्षेत्र आर्थिक अनुशासनभित्र नबाँधिएकाले भ्रष्टाचार बढ्न गई सुशासन प्रवर्द्धन हुन नसकेको धारणा व्यक्त दिए। 

सो अवसरमा साहित्यकार रमेशमोहन भट्टराईलाई ‘ज्येष्ठ नागरिक सम्मान’का साथै विभिन्न विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने १० जना छात्रालाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : ३६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका