जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता « Khabarhub

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । 

सरकारले  विज्ञप्तिमार्फत घटनाको पुष्टि गरेको छ । बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत  गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भूमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताए  ।

जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ । इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन् 

प्रभावित क्षेत्रका केही मानिसहरू सञ्चार सेवाविहीन भएको अपरेटरहरूले बताएका छन् । बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका  बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।

इशिकावाको निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

जापान मौसम विज्ञान विभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको  छ ।

प्रधानमन्त्री फुमियो किशिदाले सरकारलाई प्राथमिकताका साथ  जनताको जीवन बचाई विपद् व्यवस्थापन गर्न निर्देशन दिए। 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ५ : ३७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर