मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वाथ्यजस्ता मौलिक अधिकार कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालमा स्थापना गरिएको सघन कक्षको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपर्ने विश्वास दिलाए ।

“संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको छ,” सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भने, “जिल्ला अस्पतालदेखि पालिका अस्पतालसम्म दक्ष चिकित्सक उपलब्ध गराउन सरकारले पहल गर्छ, त्यसका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ ।”

जिल्ला अस्पतालका लागि आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री गुरुङले पर्याप्त सुविधा उपलब्ध गराएर भए पनि दक्ष जनशक्तिलाई जिल्लामै राखिने विश्वास दिलाए ।

संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समिति लमजुङको प्रमुख पूर्णबहादुर गुरुङ, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल लगायतले बिरामीलाई थप सेवा सुविधा उपलब्ध गराएर अस्पताल जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङले नयाँ भवन नहुँदासम्म विभिन्न समस्या आइरहने बताउँदै नयाँ भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । उनले अस्पतालमा एम्बुलेन्स र शववाहन गाडीको खाँचो रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।

हाल ५० शय्याको अस्पताल रहे पनि ८५ शय्याको सेवा दिँदै आएको छ । केही वर्षदेखि यो अस्पताल गण्डकी सरकारको मातहतमा रहँदै आएको छ । सो अवसरमा सञ्चारमन्त्री गुरुङले अस्पतालको सघन कक्ष, आकस्मिक कक्ष, डायलासिस कक्षको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ११ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड