कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण « Khabarhub

कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुगेको हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ बराबर रहेको सार्वजनिक ऋण तीन महिनाको अवधिमा १ खर्ब ३६ अर्ब ३१ करोड ८१ लाखले वृद्धि भएको हो ।

सरकारले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ६९ अर्ब ३ करोड ३ लाख रुपैयाँ सार्वजनिक ऋण भुक्तानी समेत गरेको कार्यालयले जनाएको छ ।

कुल सार्वजनिक ऋणमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड १८ लाख रुपैयाँ स्वदेशी र १२ खर्ब ८६ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ विदेशी ऋण रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको २१.६७ प्रतिशत स्वदेशी र २२.५६ प्रतिशत ऋण विदेशी छ ।

सरकारले चालु आर्थिक वर्षमा ५४ अर्ब ७० करोड रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये असोज मसान्तसम्म २४.९२ प्रतिशत लक्ष्य प्राप्ति भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ५४ बजे

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका