भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै  | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै 


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार फेरि रुस जाने भएका छन् । दोस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी रुस जान लागेको पनि दोस्रो पटक हो । 

यसअघि मोदी गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । उनी १६ औँ ब्रिक्स समिटका लागि मंगरबार रूस जान लागेका हुन् । 

भारतीय प्रधानमन्त्री मोदी अक्टोबर २२–२३ मा रूसको कजानमा आयोजित ब्रिक्स समिटमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समिटमा चीनका राष्ट्रपति शी जिनपिङ पनि जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच द्विपक्षीय भेटघाट हुने सक्ने बताएको छ । 

तर, भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै मुलुकका राष्ट्राध्यक्षबीच द्विपक्षीय भेटघाटको पुष्टि नगरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ । 

तथापि, मिस्रीले द्विपक्षीय मुद्दाहरूमा भने कुराकानी हुने भने जानकारी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ०५ बजे

कफीको मूल्य सन् १९७७ यताकै उच्च

लण्डन – यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

काठमाडौं – ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’

प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र

म्याग्दी – सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक

दुई सय दश जना किसान सम्मानित

नुवाकोट – ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुई सय दश जना