एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि... | Khabarhub Khabarhub

एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि…


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्तारुढ नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीनिकट कार्यकर्ताहरूले पार्टीका जिल्ला र प्रदेश तहका नेताहरूलाई लखेटेका छन् । 

सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट रावलको गृहजिल्ला अछाममा कार्यकर्ताहरूले जिल्ला अध्यक्ष झपट बोहरा र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलाई लखेटेका हुन् । 

पार्टीका प्रदेश अध्यक्ष जैशीका साथमा जिल्ला अध्यक्ष बोहरा कार्यकर्ता भेलामा सहभागी हुन सोमबार साँफेबगर पुगेका थिए । तर, रावलनिकट एमाले कार्यकर्ताहरूले स्पष्टीकरण सोध्ने पार्टी सचिवालय बैठकको निर्णयको विरोध गर्दै साँफेबगरमा प्रदर्शन गरेका थिए । 

एमाले सचिवालयको आइतबार ललितपुरको च्यासलस्थित मुख्यालयमा बसेको बैठकले नेता रावलसँगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ०६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले