अन्तर्राष्ट्रिय

टिकटकद्वारा सयौँ कर्मचारी कटौती

By खबरहब

October 21, 2024

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सयौँको सङ्ख्यामा कर्मचारी कटौती गरेको छ । यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित भएका छन् ।

कम्पनीले टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कन्टेन्ट निगरानी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारी कटौती गरिएको बाइटडान्सले उल्लेख गरेको छ ।

टिकटकले स्वचालित विधिसँगै कर्मचारीका माध्यमबाट पनि कन्टेन्टको निगरानी गर्दै आएको छ । यद्यपि नियमविपरीत पोस्ट गरिने ८० प्रतिशत कन्टेन्ट भने प्रविधिका माध्यमबाट स्वचालित रुपमा आफैँ हट्ने गरेको कम्पनीले जनाएको छ ।

बाइटडान्सका अनुसार संसारका २ सयभन्दा धेरै शहरमा कम्पनीका १ लाख १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । कम्पनीले प्रयोगकर्ताको विश्वास हासिल गर्नका लागि गोपनियताको सुरक्षामा यस वर्ष २ अर्ब डलरभन्दा धेरै लगानी गर्ने अपेक्षा गरिएको छ ।