मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन, साथीहरू पनि स्टनबाजी नगर्नुहोला : प्रधानमन्त्री | Khabarhub Khabarhub

मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन, साथीहरू पनि स्टनबाजी नगर्नुहोला : प्रधानमन्त्री


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा माओवादी केन्द्रका प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुझाव प्रस्तुत हुनु, संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको अवगत गराए ।

प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुुलाइएको जनाउँदै यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान दलहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट गरे ।

“मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनुु दिनुु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।’’, प्रधानमन्त्री ओलीले भने “मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।’’

राजनीति दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरुले उठाएको प्रश्नबारे प्रधानमन्त्री ओलीले भने , “विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।’’

याे पनि…

विपक्षी दलले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र, यस्ता छन् १३ बुँदे माग

विपक्षी दललाई ओलीको प्रश्न : कस्ले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेछ ?

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ०८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार

आज २०८१ साल कात्तिक ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार

ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी

काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानमा उत्तेजना नबढाउन चीनलाई

पाटन प्रिमियर लिगः गुरुखोला र पञ्चेश्वरको विजयी सुरुवात

बैतडी – यहाँको पाटनमा जारी पाटन प्रिमियर लिग चौथो संस्करणको

भारतको प्रत्यक्ष कर संकलन बढ्यो

काठमाडौं – भारतको प्रत्यक्ष कर संकलनमा वृृद्धि भएको पाइएको छ