भारतको प्रत्यक्ष कर संकलन बढ्यो | Khabarhub Khabarhub

भारतको प्रत्यक्ष कर संकलन बढ्यो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको प्रत्यक्ष कर संकलनमा वृृद्धि भएको पाइएको छ । भारतको केन्द्रीय प्रत्यक्ष कर संकलन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०२४–२५ को अक्टोबर १० सम्म प्रत्यक्ष करमार्फत् खुद ११ लाख २६ हजार करोड भारु संकलन गरिएको छ ।

यो परिमाण अघिल्लो वर्षको तुलनामा १८.३५ प्रतिशत धेरै हो । तथ्यांकअनुसार यस अवधिमा कुल १४ लाख ५७ हजार करोड भारु संकलन गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २२।३० प्रतिशत धेरै हो ।

यस अवधिमा भारत सरकारले २ लाख ३१ हजार करोड भारु फिर्ता गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार यो परिमाण अघिल्लो वर्षकोे तुलनामा ४६ प्रतिशतले धेरै हो ।

यस पटक प्रत्याभूति कारोबार करमार्फत सबैभन्दा धेरै प्रत्यक्ष कर संकलन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस शीर्षकबाट १६ हजार ३ सय ७३ करोड भारु कर संकलन गरिएको थियो । यस आर्थिक वर्षमा भने उक्त शीर्षकबाट ३० हजार ६ सय ३० करोड भारु कर संकलन गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’