इजरायलको आक्रमणमा ८८ प्यालेस्टाइनीको मृत्यु | Khabarhub Khabarhub

इजरायलको आक्रमणमा ८८ प्यालेस्टाइनीको मृत्यु

इजरायललाई हतियार बिक्री गर्ने विपक्षमा अमेरिकी सिनेट


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा सहरको सेख राडवनमा भएको आक्रमणमा सो ज्यान गएको हो। यसैबीच इजरायलले लेबनानको दक्षिणी क्षेत्र टाइयामा गरेको आक्रमणमा नौ जना लेबनानीको ज्यान गएको छ।

हिजबुल्लाहका नेता नियम कसिमले कुनै पनि हालतमा युद्ध विराम हुनुपर्ने र लेबनानको सार्वभौमसत्ता जोगाउनु पर्ने कुरामा अडिग छन्। बुधबार राति खायममा इजरायली सेनामाथि मिसाइल आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ। अमेरिकी दूत आमोस हचेस्टाइन बेरुतमा वार्ता सकेर तेल अभिभ पुगे लगत्तै सो आक्रमण भएको थियो।

यता अमेरिकी सिनेटमा इजरायलमा हतियार बिक्री गर्ने प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकाले इजरायललाई हतियार बिक्री गर्न सुरु गरेपछि संसदमा नै मतदान भएको यो पहिलो पटक हो।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ८ : १८ बजे

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका छन्

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

अष्ट्रेलिया– अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गभर्नर जनरल साम

‘मिसेस ब्युटी क्विन नेपाल– २०२५’ को ताज वर्षा कुवरलाई  

काठमाडौं– व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन सातको

हिउँदे झरी टर्दा बढ्यो आगलागीको जोखिम

काठमाडौं – हावापानीको अवस्था नियमित रहेको भए नेपालमा कात्तिकयता कम्तिमा

स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु

स्टक होम – स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा