अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश | Khabarhub Khabarhub

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको संसदको तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । यो विधेयक बिहीबार पेस भएको हो ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’

अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ । यो १७ पृष्ठको विधेयक अर्को हप्ता अष्ट्रेलियाको सिनेटमा पेश हुने बताइएको छ । अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् ।

तर, धेरै विज्ञहरूले यस विषयमा पनि प्रश्न उठाइरहेका छन् । केटाकेटीलाई सामाजिक सञ्जालबाट टाढा राख्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्नेमा अहिले बहस चलिरहेको छ । -न्यूज कारखानाबाट साभार 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  १ : २० बजे

‘मिसिङः केटी हराएको सूचना’ : कात्तिक ३० बाट पुग्यो माघ ११

काठमाडौं- नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका

सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ

काठमाडौं- फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्न पूरा

१५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न वायुसेवा निगमलाई मन्त्रीको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५

युक्रेनमा तनाव बढ्दै जाँदा रुस र अमेरिकी सेना प्रमुखबीच भेटवार्ता

मस्को – युक्रेनमा बढ्दो तनावका बीच रुसी र अमेरिकी सेना

बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतक सरह राहत रकम दिइने

काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई