रुसले पहिलो पटक युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल | Khabarhub Khabarhub

रुसले पहिलो पटक युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसले बिहीबार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रुसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिलाइल हानेको छ ।

रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो। युक्रेनी वायुसेनाले पनि यस आक्रमणको पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो दूरीका मिसाइल रुसका भित्री सहरसम्म हान्न युक्रेनलाई अनुमति दिएलगत्तै युद्ध बढ्ने चिन्ता विश्वजगतमा छ ।

यस्तोमा युक्रेनले केही मिसाइल रुसका भित्री भागसम्मलाई लक्षित गर्दै हानेपछि मस्कोले जवाफस्वरुप अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हानेको हो ।

यसबारेमा मस्कोले दुई महिनाअघि नै अमेरिकाले यदि लामो दूरीका हतियार युक्रेनलाई चलाउन दिए युद्ध र तनाव उचाइमा पुग्ने चेतावनी दिएको थियो ।

रूसले निप्रो शहरको मध्य-पूर्व क्षेत्रमास्थित उद्यम र महत्वपूर्ण पूर्वाधारलाई मिसाइलबाट निशाना बनाएको छ । तर अहिलेसम्म अन्तरमहादेशीय मिसाइलबाट सैन्य या गैरसैन्य कुन पूर्वाधारलाई लक्षित गरिएको हो खुलिसकेको छैन । यसबाट भएको क्षतिको विवरण पनि आइसकेको छैन ।

अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको दूरी कम्तीमा पनि हजार किलोमिटर हुन्छ । यिनलाई परमाणु वारहेड पठाउने काममा प्रयोग गर्न सकिन्छ । अर्कातिर यिनको प्रयोग परम्परागत वारहेडका लागिसमेत प्रयोग गरिन्छ । युक्रेनको वायु रक्षा प्रणालीले यस हमला क्रममा ६ केएच-१०१ मिसाइल नष्ट गरिएको दाबी गरेको छ ।

युक्रेनी वायुसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रूसकोो आस्त्रखान क्षेत्रबाट हानिएको थियो । यस हमलाका क्रममा प्रयोग गरिएको हतियारबारे पनि रुसी सेनाले जानकारी दिएको छ । रसियन सेनाले कुन प्रकारको अन्तरमहादेशीयय ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको भन्ने खुलाएको छैन । यी दुई छिमेकी देशबीच ३३ महिनादेखि युद्ध जारी छ । युक्रेन सुरुदेखि नै अमेरिकाको आडमा युद्ध लडिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ४ : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका