तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र « Khabarhub

तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । नेप्टेचौरमा रहेको वडा स्तरीय स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने ढोलथान, धुपीबोट, ढावा, तोरीपानी र आलवाङका बासिन्दालाई लक्षित गरेर बेनी नगरपालिकाले स्वास्थ्य सञ्चालन गरेको हो । 

बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले केन्द्रबाट पाँच वटा बस्तीका करिब पाँच सय घरका एक हजार सात सय जनसङ्ख्या लाभान्वित भएका बताए। 

‘केन्द्रमा एक-एक जना स्वास्थ्यकर्मी र सहयोगीको ब्यवस्थापन गरेर आधारभूत तहको स्वास्थ्य सेवा पाउने ब्यवस्था मिलाएका छौ,’ उनले भने ‘पायक पर्ने ठाउँमा स्वास्थ्य इकाई भएपछि त्यहाँका बासिन्दालाई सहज भएको छ ।’

तोरीपानीको पशु सेवा केन्द्रसँगैको भवनमा सञ्चालन गरिएको केन्द्रबाट खोप, स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधी वितरणलगायत स्वास्थ्य चौकी सरहको सेवा प्रवाह हुने गरेको छ । 

घर नजिकै पायक पर्ने ठाउँमा स्वास्थ्य सेवा पाउँदा सहज भएको स्थानीयबासी गंगाबहादुर बानियाले बताए। 

‘यसअघि नेप्टेचौर पुग्न र घर फर्कन डेढ घण्टा भन्दा बढी समय पैदलयात्रा गर्नुपर्दथ्यो,’  उनले भने ‘जेष्ठ नागरिक, अशक्त, महिला, बालबालिकालाई धेरै सजिलो भएको छ ।’

बेनी नगरपालिका–९ का जनप्रतिनिधीहरुले वि.स. २०७९ को स्थानीय तह चुनाव निर्वाचित भएपछि पदभार सम्हाल्ने क्रममा तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय गरेका थिए । 

चुनावको क्रममा मतदातासँग गरेको प्रतिवद्धता र वडा समितिको पहिलो निर्णय तेस्रो वर्षमा कार्यान्वयन गर्न सफल भएको वडा सदस्य गणेश सुवेदीले बताए । उक्त वडाको गलेश्वरमा यसअघिनै सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको थियो । 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ५ : १५ बजे

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि