तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र | Khabarhub Khabarhub

तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । नेप्टेचौरमा रहेको वडा स्तरीय स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने ढोलथान, धुपीबोट, ढावा, तोरीपानी र आलवाङका बासिन्दालाई लक्षित गरेर बेनी नगरपालिकाले स्वास्थ्य सञ्चालन गरेको हो । 

बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले केन्द्रबाट पाँच वटा बस्तीका करिब पाँच सय घरका एक हजार सात सय जनसङ्ख्या लाभान्वित भएका बताए। 

‘केन्द्रमा एक-एक जना स्वास्थ्यकर्मी र सहयोगीको ब्यवस्थापन गरेर आधारभूत तहको स्वास्थ्य सेवा पाउने ब्यवस्था मिलाएका छौ,’ उनले भने ‘पायक पर्ने ठाउँमा स्वास्थ्य इकाई भएपछि त्यहाँका बासिन्दालाई सहज भएको छ ।’

तोरीपानीको पशु सेवा केन्द्रसँगैको भवनमा सञ्चालन गरिएको केन्द्रबाट खोप, स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधी वितरणलगायत स्वास्थ्य चौकी सरहको सेवा प्रवाह हुने गरेको छ । 

घर नजिकै पायक पर्ने ठाउँमा स्वास्थ्य सेवा पाउँदा सहज भएको स्थानीयबासी गंगाबहादुर बानियाले बताए। 

‘यसअघि नेप्टेचौर पुग्न र घर फर्कन डेढ घण्टा भन्दा बढी समय पैदलयात्रा गर्नुपर्दथ्यो,’  उनले भने ‘जेष्ठ नागरिक, अशक्त, महिला, बालबालिकालाई धेरै सजिलो भएको छ ।’

बेनी नगरपालिका–९ का जनप्रतिनिधीहरुले वि.स. २०७९ को स्थानीय तह चुनाव निर्वाचित भएपछि पदभार सम्हाल्ने क्रममा तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय गरेका थिए । 

चुनावको क्रममा मतदातासँग गरेको प्रतिवद्धता र वडा समितिको पहिलो निर्णय तेस्रो वर्षमा कार्यान्वयन गर्न सफल भएको वडा सदस्य गणेश सुवेदीले बताए । उक्त वडाको गलेश्वरमा यसअघिनै सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको थियो । 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ५ : १५ बजे

आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौं– सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत

म्याग्दीको तोराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको

जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सरकार, दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न