एनपीएल फाइनल : सुदूरपश्चिमका लागि खतरा बन्नसक्छन् जनकपुरका निसम | Khabarhub Khabarhub

एनपीएल फाइनल : सुदूरपश्चिमका लागि खतरा बन्नसक्छन् जनकपुरका निसम

न्युजिल्यान्डका दुई स्टारको प्रदर्शन कुर्दै दर्शक


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

लगातार दुई विश्वकप जिम्मी निसमका लागि दुई रनमा आउट उही प्रकृतिका थिए। सन् २०२३ मा अस्ट्रेलियाले छाडेको ३८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३८३ रन जोडेको थियो।

रचिन रवीन्द्रले सोही खेलमा शतक प्रहार गरेका थिए। डारियल मिचेलले अर्धशतक प्रहार गरेका थिए। निसमले हरेक कमजोर बललाई सीमा पार गराउँदै टोलीलाई जितको नजिक लगेका थिए। अन्तिम २ बलमा ७ रन आवश्यक थियो। मिचेल स्टार्कको हाइ फुल टसमा भने निसम झुक्किए। उनले केही पछि सो बल हेर्न भ्याए र छक्काको प्रयास गरे। त्यो बल सीमा पार भएन कुदेर दोस्रो रन लिने प्रयासमा चुके।

जनकपुरका भरपर्दा अलराउण्डर निसम त्यही खेलाडी हुन्, जो महत्त्वपूर्ण खेलमा छाउन सक्छन्। हारी सकेको टोलीलाई जितको नजिक लैजाने त्यही एउटा फरक खेलाडी निसमका लागि सन् २०१९ को विश्वकप फाइनलमा त अझ धेरै यादगार हो। क्रिकेट समर्थकका लागि सन् २०१९ को विश्वकप फाइनल सधैँ सम्झन लायक बनेको छ। अहिलेसम्मकै रोमाञ्चक विश्वकप क्रिकेट फाइनलका दुई नायक बेन स्टोक्स र जिम्मी निसम दुवैका समर्थकका लागि त्यो विश्वकप यादगार हो। निसमले सधैँ सम्झने एउटा खेल पनि त्यो थियो।

सन् २०१९ को विश्वकप फाइनल पनि त्यस्तै भएको थियो। निसम दोस्रो रन लिने प्रयासमा कुदेका थिए। दोस्रो रन लिने प्रयासमा रन आउट भएपछि इङ्गल्यान्डले बढी ‘बाउन्ड्री ’ प्रहार गरेको आधारमा जित हात पारेको थियो।

लर्डमा भएको फाइनलमा न्युजिल्यान्डले इङ्गल्यान्डका लागि २४२ रनको लक्ष्य छाडेको थियो। ब्याटिङका निसम त्यत्ति जमेका थिएनन्। उनले २५ बलमा १९ रन मात्र जोडे। अलराउण्डर उनले आफ्नो कमाल दोस्रो पारीमा देखाएका थिए। उनी बलिङ र फिल्डिङ दुवैमा जमे।

उनले ७ ओभरमा ४३ रन खर्चेका थिए। डेथ ओभर बलिङ गरेका उनले ३ विकेट लिए। ४९ औं ओभरमा बलिङमा जमेर उनले २ विकेट लिएका थिए। २ ओभरमा २४ रन आवश्यक रहेको अवस्थामा निसमले ९ रन खर्चेर २ विकेट लिए।

अन्तिम ओभरमा इङ्गल्यान्डलाई १५ रन आवश्यक थियो। ट्रेन्ड बोल्टको तेस्रो र चौथो बलमा स्टोक्सले छक्का प्रहार गरेपछि अन्तिम दुई बलमा तीन रन आवश्यक थियो। पाँचौँ बलमा १ रन लिएको इङ्गल्यान्डका अदिल रसिद रन आउट भए। अन्तिम बलमा स्टोक्स नै स्ट्राइक थिए। इङ्गल्यान्डलाई बराबरीका लागि १ तथा जितका लागि २ रन आवश्यक थियो।

योर्करको प्रयास गरेका बोल्ट चुकेर फुल टस भएपछि स्टोक्सले प्रहार गरेका थिए। बल बाउन्ड्री पार भएन। निसमको शानदार फिल्डिङका कारण इङ्गल्यान्ड १ रनमा सीमित भएको थियो।

सुपर ओभरमा पनि इङ्गल्यान्डले १५ रन बनाएको थियो। इङ्गल्यान्डका लागि जोफ्रा आर्चर बलिङमा थिए भने न्युजिल्यान्डले मार्टिन गुप्तिल र निसमलाई पठाएको थियो। आर्चरले यस अघि एक दिवसीय खेलको कुनै ओभरमा १५ रन भन्दा बढी खर्चेका थिएनन्। निसमले पहिलो चार ओभरमा नै १२ रन रन प्रहार गरेपछि आर्चरले पहिलो बल नै वाइड फ्याँकेका कारण अन्तिम २ बलमा न्युजिल्यान्डलाई ३ रन आवश्यक थियो।

निसमले १ रन लिएर स्ट्राइक गुप्तिललाई दिएपछि अन्तिम बलमा न्युजिल्यान्ड १ रनमा सीमित भयो। धेरै बाउन्ड्री प्रहार गरेको आधारमा खेल इङ्गल्यान्डले जितेको थियो।

महत्त्वपूर्ण समयमा छाउने निसमकै कारण नेपालमा भएको पहिलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) समेत रोमाञ्चक बनेको छ। एउटा उचाई पनि पाएको छ। उनको प्रदर्शन शनिबार सुदूरपश्चिमविरुद्ध हुने फाइनलको एउटा मुख्य हेर्न लायक पाटो हुनेछ। जनकपुरको फाइनल यात्रामा निसम नै एउटा नायक भए। दोस्रो क्वालिफायरमा उनले १७ बलमा प्रहार गरेको ४५ रन नै जितको आधार बनेको थियो।

एनपीएलमा निसम बलिङमा खासै जमेनन्। कर्णाली याक्ससँगको खेलमा ३७ रन खर्चेर १ विकेट लिएका उनी ८ बलमा १६ रन प्रहार गर्दै अविजित रहे। पोखरा एभेन्चर्स सँगको खेलमा ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिएका उनी २० बलमा ४० रन प्रहार गर्दै अविजित रहे।

लुम्बिनी लायन्ससँगको खेलमा भने उनी असफल भए। सुदूरपश्चिमसँगको खेलमा पनि उनी असफल देखिए। काठमाडौँ गुर्खाजसँगको खेलमा उनले १७ बलमा २७ रन प्रहार गरे। चितवनसँगको लिग चरणको अन्तिम खेलमा बलिङमा असफल रहेका उनले २४ बलमा ६५ रन प्रहार गरे। तथापि उनको टोली पराजित भएको थियो। सुदूरपश्चिमसँगको पहिलो क्वालिफायरमा उनले २३ बलमा ४५ रन प्रहार गरे।

धेरै खेलमा निसम बलिङमा महँगो साबित भए। पछिल्लो खेलमा भने उनी बलिङमा पनि कम ब्याक गर्न सफल भएका छन्। ती नै निसम एकातर्फ छन् भने १६ विकेट लिइसकेका स्कट कुग्लेजिनको न्युजिल्यान्डको क्रिकेट क्यारियर अस्थिर देखिन्छ। बलिङ अलराउण्डर उनको पनि निसमको जस्तै राष्ट्रिय टोलीमा आउने र बाहिरिने क्रममा नभएको होइन। निसमले भने पाएको केही मौकामा आफूलाई सही पुष्टि गरेका थिए। यस कारण न्युजिल्यान्डका धेरैका लागि निसम प्रिय नाम हुन्।

कुग्लेजियनले सन् २०१७ मा छोटो समयमा मात्र न्युजिल्यान्डमा अवसर पाएका थिए। २०२३ मात्र टेस्टमा अवसर पाए। टी–२० अन्तर्राष्ट्रियमा पनि धेरै आरोह र अवरोह सहे। तीनै कुग्लेजियन एनपीएलका सबै भन्दा सफल बलर हुन् ।

सुदूरपश्चिमबाट सुरुमा र डेथ ओभरमा उनले नै बलिङ गर्ने छन्। एनपीएलको फाइनल पनि सम्भवतः २ न्युजिल्यान्ड खेलाडीको सेरोफेरोमा धेरै घुम्ने छ। यो फाइनल भिडन्तमा केही विदेशीसँगै नेपालका खेलाडीको प्रदर्शनसमेत प्रतिक्षाको विषय छ। खेल शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : ४७ बजे

घरधनीको हत्या गरी लाखौँ धनमाल लुटपाट

जलेश्वर– महोत्तरी मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण सङ्कलन हुँदै

बाजुरा– बाजुरामा आज बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन

गहुँ भन्दा मकैखेतीमा किसानको आकर्षण

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीबाट ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल

जर्मनीको क्रिसमस मार्केटमा ठुलो आक्रमण

जर्मनी – जर्मनीको माग्देवर्गको क्रिसमस पार्टीको भिडमा एक कार प्रवेश