जनताको अवस्था सुधार्ने गरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

जनताको अवस्था सुधार्ने गरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् । 

नेपाली कांग्रेस थाहा नगर कार्यसमिति, मकवानपुरले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका हुन् । 

राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । 

पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धनहरू लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि वर्तमान सत्ता गठबन्धन बनेको भन्दै उनले सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । 

सडकमार्गमार्फत् थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चन्द्रागिरी–चित्लाङ सडकको अवलोकन पनि गरेको उनको सचिवालयले जनाएको छ । 

सडक निर्माण कार्य सुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै मत्री सिंहले चन्द्रागिरी–चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए । 

उनले निर्माण कार्यमा ढिलाइ गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए । 

‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बागमती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,’ उपप्रधानमन्त्री सिंहले भने । 

मन्त्री सिंहले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहे पनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगै सबैको साथ जरूरी हुने पनि बताए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन