कर्णाली नदी आइपुगे लक्ष्मण सारस « Khabarhub

 कर्णाली नदी आइपुगे लक्ष्मण सारस


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलंका टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखा परेका हुन् ।

चार वर्षदेखि निरन्तर रूपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखा पर्दै आएको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताए।

नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ । सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो । त्यसको १८ वर्षपछि मात्रै यो प्रजातिको सारस देखा परेको थियो ।

 सन् २०२१ देखि हिउँद याममा लक्ष्मण सारस निरन्तर रूपमा देखा पर्दै आएको चरा विज्ञ डगौरा बताउँछन्। उनका अनुसार समूहमा रहने भएकाले यसलाई सामाजिक पन्छीका रूपमा चित्रण गर्ने गरिन्छ । साइवेरियालगायत उत्तरी ध्रुवमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पन्छी नेपालका महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ ।

कहिलेकाही कञ्चनपुरका सनवोरा, स्यालीलगायत नदी तटीय क्षेत्रमा पनि यस प्रजातिको सारस देखा पर्ने गरेको चरा संरक्षणकर्मी सुवन चौधरीले बताए । गत वर्ष स्याली नदीको बगरमा सयौँको सङ्ख्यामा लक्ष्मण सारस देखा परेको उनले उल्लेख गरे। 

यलाई अङ्ग्रेजीमा कमन क्रेन (ग्रस ग्रुस) भन्ने गरिन्छ । सारस प्रजातिमध्ये यो मध्यम आकारको रहेको छ । यसको शरीरको तौल औसत चारदेखि पाँच किलोग्रामसम्म र शरीरमा रहेका प्वांखको रङग खरानी किसिमको हुन्छ । यस्तै, टाउकोमा कालो, रातो र आँखाको पछाडिबाट माथिल्लो भागसम्म फैलिएको सेतो धर्कासहित कालो रङको हुन्छ । यस चराले साइवेरियालगायत ठाउँका ताल तलैया, सीमसार क्षेत्रमा प्रजनन गरी बच्चा कोर्लने गरेको चरा विज्ञहरूको भनाइ छ ।

उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा यो प्रजातिको सारस बर्सेनि नेपाल हुँदै भारत र श्रीलंकातर्फ जाने गरेको चरा विज्ञ डङ्गौराले बताए। सोही क्रममा ती चराहरू अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन् ।

‘सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ’ उनले भने,’यी चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शङ्खेलगायतका अन्य प्रजातिका कीरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् ।’

यसका साथै बाघ, चितुवाजस्ता हिंसक जनावर नजिक आउन लागेमा सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गरेको पनि जानकारहरू बताउँछन् । गर्मी सुरु हुन थालेपछि चैतअघि नै सारस पुरानै वासस्थानमा फर्कने गरेका छन् । 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ५४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका