श्रीलंकामा बस दुर्घटना, तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते « Khabarhub

 श्रीलंकामा बस दुर्घटना, तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलंकाको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुवाहक बस खाल्डोमा खस्दा तीन जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको समयमा बसमा २५ यात्रु सवार थिए र सबै यात्रु घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने बाँकी यात्रुको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

मोटर सवारी दुर्घटनाहरू श्रीलंकामा बारम्बार हुने घटनाहरू हुन् । आधिकारिक तथ्यांकअनुसार यस वर्ष जनवरी १ र अक्टोबर २५ बीच सडक दुर्घटनाहरूमा लगभग दुई हजार मानिसहरूको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ३२ बजे

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२