पाकिस्तानको कराँची शहरमा पानीको हाहाकार « Khabarhub

पाकिस्तानको कराँची शहरमा पानीको हाहाकार


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको कराँचीमा पानीको हाहाकार मच्चिएको छ । कराँचीका विभिन्न स्थानमा विगत दुई साताभन्दा लामो समयदेखि पानीको आपूर्ति सुचारु हुन नसक्दा हाहाकार मच्चिएको हो ।

बस यातायात र रेड लाइन परियोजनाका कारण पानीको आपूर्ति अवरुद्ध भएको पाकिस्ताबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारले जनाएको छ । कराँचीको पानी तथा ढल कर्पोरेशनले पानीको आपूर्ति सुचारु गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको जनाएको छ ।

यद्यपि पानीको आपूर्ति नियमित हुन अझै केही समय लाग्ने स्रोतलाई उद्धृत गर्दै ट्रिब्युनले जनाएको छ । पानीको आपूर्ति रोकिँदा शहरका कोराङ्गी, लान्धी, शाह फैसल कोलोनी, मलिर, गुलशन ए इकबाल, गुलिस्तान ए जोहर, ओल्ड सिटीजस्ता क्षेत्रमा समस्या पैदा भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : १८ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको