पाकिस्तानमा पोलियो संक्रमितको सङ्ख्या बढ्यो, बलोचिस्तानमा भने खोप अभियान स्थगित « Khabarhub

पाकिस्तानमा पोलियो संक्रमितको सङ्ख्या बढ्यो, बलोचिस्तानमा भने खोप अभियान स्थगित


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा पोलियो रोगका संक्रमितको सङ्ख्या बढ्दै जाँदा बलोचिस्तान प्रान्तमा भने खोप अभियान स्थगित गरिएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार प्रान्तका सबै ३६ वटा जिल्लामा दुई साताका लागि पोलियो खोप अभियान स्थगित गरिएको हो ।

प्रान्तमा प्रभावकारी खोप अभियान सञ्चालन गर्न थप तयारी आवश्यक रहेको भन्दै अभियान स्थगित गरिएको डनले जनाएको छ । पाकिस्तानमा यस वर्ष ६४ जनामा पोलियो रोगको संक्रमण देखिएको छ । जसमध्ये २६ जना बलोचिस्तानका छन् ।

यद्यपि स्वास्थ्यकर्मीको आन्दोलनका कारण खोप अभियान स्थगित गरिएको डनले उल्लेख गरेको छ । स्वास्थ्यकर्मीले आफ्ना माग पूरा नभएसम्मका लागि आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

स्वास्थ्यकर्मीले चिकित्सक र स्वास्थ्यकर्मीको भर्ना स्थायी रुपमा हुनुपर्ने, अस्पतालहरुमा निजी–सार्वजनिक साझेदारी कार्यक्रम बन्द हुनुपर्ने र औषधि, स्वास्थ्य सामग्री तथा अन्य सुविधा दिइनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : २१ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको